जसले स्ट्रबेरी खेतीबाट कमाउँछन मासिक साढे दुई लाख

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 10, 2018 | 11:30:42 AM मा प्रकाशित

laxmi  sunrise bank

भावना तामाङ/बिजपाटी  

हरेकको आ-आफ्नै विशेषता हुन्छ, चाहे त्यो मान्छे होस या अन्य चिजहरु नै किन नहोस् । यस्तै विशेषता वोकेको एक प्रकारको फलले जिविकोपार्जनसगैं आर्थिक उन्नतीतर्फ अघि बढाएको छ । स्ट्रबेरी फल नेपालमै नौलो व्यवसाय त्यसमाथि पनि नुवाकोटमा मात्रै फल्ने भएपछि यो व्यवसाय गर्न जो कोहि पनि लालायित हुने नै भयो। यो व्यवसायबाट लाभ लिने व्यवसायी मध्येका एक व्यवसायी हुन नुवाकोट ककनी गाउपालिका रानीपौवाका स्थानियवासी अशोक तामाङ।  

२०५२ सालतिर नै स्ट्रबेरी व्यवसायलाई अँगालेका अशोक तामाङले कारणवस यो व्यवसायलाई निरन्तरता दिन सकेनन। लगभग २ दशकको अन्तरालपछि उनी पुन: २०७० साल देखि व्यवसायीक रुपमा स्ट्रबेरी खेती गर्न अघि बढे। हाल उनको दैनिकी स्टवेरी बारीमा नै बित्ने गर्दछ । 

सुरुवाती समयमा नै १० रोपनि जग्गामा ५ लाखको लगानीमा स्ट्रबेरी खेति सुरु गरेका उनले हालसम्म पनि निरन्तरता दिदै आएका छन। राम्रै आम्दानी हुने यो व्यवसायबाट उनले मनग्गे आम्दानी गरेका छन् भने उनी सन्तुष्ट पनि छन। उनले यो व्यवसाय गर्न कुनै तालीम लिएका छैनन् । आफ्नै बलबुतोले व्ययसाय गरेका छन् । व्यवसायको सिलसिलामा केहि समस्या आएमा उनले अनुभवीहरुसंग सल्लाह लिने गर्छन ।

नुवाकोटको ककनी गाविसमा नगदे वालीको रुपमा खेति गरिने स्ट्रबेरी सम्भवत यो जिल्लाको पनि ककनी गाविस वडा न २ र ५ मा मात्र राम्रो उब्जाउ हुने गदर्छ । यहाँ उत्पादित स्टबेरीले काठमाडौंको बजारमा राम्रै ठाउँ पाउने गरेको छ ।  

के हो स्टबेरी ? 

स्ट्रबेरी जापानिज ऐसेलुको एक प्रजाती हो । हाल विश्वको विभिन्न देशहरुमा उत्पादन गर्ने गरिन्छ । जाम बनाउन, बिभिन्न थरिका चकलेटहरु बनाउन लगाएत थुप्रै खानेकुराहरु ब्नाउन प्रयोग गरिन्छ । नेपालमा नुवाकोटको ककनी गाविस स्टबेरी उत्पादनको लागी उपयुक्त रहेकोले हाल यो क्षेत्रमा मात्र उत्पादन हुने गरेको छ ।साउन महिनाको अन्तिम हप्ता र भदौ महिनाको दोस्रो हप्ताभित्र स्टबेरीको बेर्नलाई रोपिसक्नुपर्ने हुन्छ।

स्ट्रबेरी रोप्नकालागि मल र पानि अत्याधिक रुपमा चाहिने हुन्छ । रासायनिक र प्रांगारीक मलको मिश्रनलाई स्टबेरी रोप्न तयार गरेको ठाउमा हालीन्छ र केही समयपछि बेर्न रोपिन्छ।

स्ट्रबेरीको व्यवसायीक सुरुवात

२०७० सालको सुरुवाती संगै तामाङले स्ट्रबेरी रोप्ने ठाउँ तयार पार्न थालेका हुन । १० रोपनी जग्गामा स्टबेरी रोप्न ठाउ बनाउनलाई तामाङले ८० देखि ९० जनाको हाराहारीमा कामदार लगाएका थिए । प्रंगारीक र रासायनिक मलको लागी मात्र तामागंले ३० हजारको हाराहारीमा लगानी गरेका थिए । एक रोपनि जग्गामा ३५ सय बेर्न रोप्न सकिने तामाङ बताउछन् । १० रोपनि जग्गामा उनले ३५ हजार बेर्न लगाएका थिए । बेर्न उत्पादकहरुले एउटा बेर्नलाई १० रुपैयाको दरले किनबेच गर्ने गर्दछ । स्ट्रबेरीको बेर्न रोपिसकेपछि भने दैनिक स्याहार सुसारका लागी उनले ४ जनालाई रोजगारी समेत दिएका छन् । 

स्ट्रबेरी फल्ने सिजन

भदौ महिनाको दोस्रो हप्ताभित्रमा रोपि सक्नुपर्ने बेर्नाले कात्तिक महिनाको अन्तिम तिरबाट फल दिने गर्दछ । कात्तिक महिनाको अन्तिमदेखि बैशाखसम्म अशोक तामाङ स्ट्रबेरी टिप्न व्यस्त हुन्छन् । १० रोपनिमा फैलिएको स्ट्रबेरी फार्मबाट हरेक दुई दिनको अन्तरमा तामाङले ९० केजीसम्म स्ट्रबेरी टिप्ने गर्छन् । सुरुवाती समयमा स्टबेरीको भाउ पनि राम्रै हुने तामाङको भनाई छ। 

पुष महिनामा भने चिसोको कारण उत्पादन कम हुने गर्दछ। माघ महिनासम्म लगभग १ किलोको २०० रुपैयासम्म बिक्री हुने गर्दछ । बजार भाउ राम्रो हुँदा अशोक तामाङको स्टबेरी खेतीबाटै महिनामा २ लाख ५० हजारसम्म आम्दानी हुने गर्दछ । फागुन महिनादेखि भने उत्पादन बढी हुने भएको हुँदा बजार भाउ पनि घट्ने उनी बताउछन।

राम्रो स्याहार सम्भार हुँदाहुदै पनि कहिलेकाही डडेलो नामक रोगले स्ट्रबेरीमा संक्रमण गर्ने गर्दछ । यो अवस्थामा भने बिषादीको प्रयोग गर्नुपर्ने हुन्छ हप्तामा एक चोटी हाल्ने यो बिषादीले २ पटक जति हाल्दा रोग नियन्त्रणमा आउने गर्छ ।

बजार व्यवस्थापन

तामाङको फार्ममा उत्पादित स्टबेरी काठमाडौंको बजारमा हरेक २ दिनको अन्तरमा आउने गर्दछ । भर्खर फल्न थाल्दा काठमाडौंमा खपत हुने गर्दछ । तर उत्पादन बढ्न थालेपछि भने काठमाडौंमा मात्र सिमित नभई पोखरा र छिमेकी मुलुक भारतसम्म पनि पुग्ने तामाङको भनाई छ । 

स्ट्रबेरीको बजार माग अनुसार आपूर्ति गर्न गाह्रै परेको उनी भन्छन। स्ट्रबेरी टिप्ने दिनमा ठेकेदारसंग सम्पर्क गरेपछि उनीहरु आफैले लगेर बेचिदिन्छन । ककनी गाउपालिकामा उत्पादन हुने स्ट्रबेरीलाई बजारसम्म पुराउन भने उत्पादक आफै बजार धाइरहनु पर्दैन । ककनी गाउपालिका बाट बार्षिक रुपमा ५ देखि ६ कारोड मूल्य बराबरको स्ट्रबेरी उत्पादन हुने अशोक तामाङ बताउछन् ।

नेपालमा नौलो खेति 

स्ट्रबेरी खेती नेपालमै नौलो भएकोले यो व्यवसायको कुनै विज्ञ नभएको अशोक तामाङको भनाई छ । जसले गर्दा यो व्यवसायको लागी भनेर कुषि विकास कार्यालयमा कुनै योजना बनेको छैन । साथै कृषकको नाममा राज्यले अनुदान रकम छुटाएपनि सहज रुपमा कृषक समक्ष नआईपुग्दा कृषकहरु निरुत्साही भएको भन्दै उनले गुनासो पोखे। 

यदि सरकारले कृषि व्यवसायलाई प्रोत्साहन गर्ने खालको योजनाहरु कृषक समक्ष ल्यउन सके अन्य कृषि व्यवसायको साथसाथै स्टबेरी व्यवसाय पनि फस्टाउदै जाने उनको धारणा छ । 

स्ट्रबेरीको बजार राम्रो भएको हुँदा ईच्छुकहरुलाई पनि यो व्यवसाय अंगाल्दा राम्रो हुने उनको सल्लाह छ । आउदो दिनहरुमा स्ट्रबेरी खेतिलाई  बढाउदै लाने र गाउका युवाहरुलाई पनि यसतर्फ उन्मुख गराउने उनको योजना रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved