पोखरामा विमानस्थल बन्द, यस्तो छ कारण

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 01:47:54 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट पोखराका गएको यति एयरलाइन्सको विमान अवतरणको क्रममा अगाडिको पांग्रा ‘लक’ भएपछि पोखरा विमानस्थल बन्द गरिएको छ । अवतरण भएर पार्किङ वेतिर जाँदा विमानको पांग्रा नचलेपछि विमानस्थल बन्द गरिएको पोखरा विमानस्थल कार्यालयले जानकारी दिएको छ । दिउँसो सवा १ बजे जहाज रोकिएपछि विमानस्थल पूर्ण रूपमा बन्द भएको हो । 

२८ जना यात्रु लिएर पोखरा उडेको यतिको ‘९–एनएएचयू’ नम्बरको विमानको प्राविधिक जाँच भइरहेको तर विमानको खराबीको कारण पत्ता लाग्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा सवार सबै सुरक्षित रहेको बताईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved