२५ वर्षपछि मेलम्चीको सुरुङ ‘ब्रेक थ्रु’

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 03:07:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्ची खानेपानी आयोजनाको ‘ब्रेक थ्रु’ गर्ने काम सकिएको छ । आयोजनाको सिन्धु–ग्याल्थुम खण्डको अन्तिम ब्रेक थ्रुको काम सकिएको हो ।

मुख्य संरचना, भेट साफ्ट तथा सुरुङको केही काम बाँकी रहेपनि २७ किलोमिटर सुरुङ खन्ने काम पनि सकिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।सन २००८ मा सुरु भएको यो आयोजना आगामी जुनमा सकिने र आयोजना सकिएपछि काठमाडौँ उपत्यकामा ५१ करोड लिटर पानी आउने छ ।

मेलम्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले मेलम्ची आयोजना सम्पन्न भएकोमा देशले नै उत्सव मनाउने भन्दै खुशी व्यक्त गरे । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताएकी छिन् । उनले दशैँ अगाडी नै उपत्यकावासीलाई मेलम्चीको पानी उपलब्ध गराउनु आफ्नो प्रमुख कार्यभार भएको बताईन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved