प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघमा शर्मा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 04:27:13 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभा सांसद एवम् माओवादी केन्द स्वास्थ्य विभागकी ईन्चार्ज अन्जना बिशंखेले अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ विचार सहितको संगठन भएको दाबी गरेकी छन् । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बिशंखेले जनताको जनजिवीका र स्वास्थ्य बिमाको लागी यस संगठनले उल्लेख्य भूमिका निर्वाह गरेको बताईन । 

महासंघका नव–निर्वाचित अध्यक्ष कृष्णसागर शर्मा पौडेलले संविधानमा स्वास्थ्यलाई मौलिक अधिकारका रुपमा समावेश गरेको भएपनि कार्यान्वयमा गतिशिलता नभएको आरोप लगाए । निःशुल्क औषधि वितरण र स्वास्थ्य बिमा सबै जनतासामु पु¥याउन महासंघले काम गर्ने उनको भनाई छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको विशिष्ट आतिथ्यमा यही चैत २४ गते राजधानीमा सम्पन्न राष्ट्रिय एकता भेलाले डा.कृष्ण सागर शर्मा पौडेलको अध्यक्षतामा ४५ सदस्यीय पदाधिकारी सहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved