नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र खनाल आईजीपी नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 10, 2018 | 08:07:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक पदमा नियुक्ति गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषदको वैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा डीआईजी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दुई खनालका नाममा सहमति भएपछि मंगलबार साँझ दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बोलाएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको आइजीपी नियुक्त गरिएको हो। 

नेपाल प्रहरीको महानिरीक्षक पदमा रहेका रमेश खनाल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल आईजीपी बनेका हुन्। यसअघि तीन डीआईजी खनाल, खरेल र कार्कीको नाम चर्चामा थियो। वरियतामा पहिलो नम्बरका खनाल नेपाल प्रहरीको नयाँ आईजीपी बनेका हुन् । 

उता सशस्त्र प्रहरीमा भने शैलेन्द्र र पुष्कर केसी प्रतिस्पर्धामा थिए। केसीलाई पछि पार्दै खनालले सशस्त्रको आईजीपीमा बाजी मारेका हुन्। नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्रका आईजीपी सिंहबहादुर श्रेष्ठ बुधबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदैछन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved