आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 11, 2018 | 09:13:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजिनामाको घोषणा गरेका छन। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आइजीपीमा खनाललाई नियुक्त गरेपश्चात खरेलले बुधबार देखि बिदा हुने गरि राजीनामा घोषणा गर्न लागेको बताएका छन। 

आफु भलिबल खेलाडीका रुपमा प्रहरी जवान भई संगठनमा प्रवेश गरेको बताउदै खरेलले नेपाल प्रहरीलाई हाँक्न नेतृत्त्वमा पुग्ने सपना देखेको बताएका छन। तर उक्त अवसर नपाउँदा हीन भावना बोकेर संगठनलाई शतप्रतिशत नतिजा दिन नसक्ने बताउदै पदबाट राजिनामा दिने निर्णय गरेको खरेलले नयाँपत्रिकासंगको अन्तर्वार्तामा बताएका छन। 

सरकारको निर्णयप्रति गुनासो नरहेको बताएका खरेलले राजिनामाको निर्णय आफ्नो स्वबिबेकले गरेको र उक्त निर्णयबाट पछि नहट्ने अठोट लिएका छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved