प्रधानमन्त्रीद्धारा माथिल्लो तामाकोशीको अवलोकन, तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 11, 2018 | 01:00:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएकै समयमा सक्न निर्देशन दिएका छन् । 

४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बुधबार स्थलगत अवलोकन गरी आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका हुन् । आगामी पौष महिनामा आयोजनाको पहिलो युनिट ७६ मेगावाट र बैशाखभित्र सबै युनिट सञ्चालन गर्ने कार्यतालिका अनुसार काम गर्न निर्देशन दिएका हुन् । यो अयोजना निर्माणमा ढिलाइ हुँदा राज्यले दैनिक ४ करोड रुपैयाँ नोक्सान बेहोर्नुपर्ने भन्दै प्रधानमन्त्रीले कुनै पनि हालतमा समयमै काम सक्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीसँगै आयोजना अवलोकनमा गएका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको देशकै ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशी निर्धातिर समयमै सक्नुपर्ने बताए । यस आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि भारतबाट आयात गरिएको १८ अर्ब रुपैयाँको बिजुली आयात बन्द हुने र देशको आर्थिक भार कम हुँदै जाने भएकाले आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १ महिना अगाडी नै आयोजना निर्माण सम्पन्न भएमात्रै पनि मूलुकको करोडौ रुपैयाँ खर्च कम हुने बताए । 

अपरतामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याको इण्डिया लिमिटेडले काममा ढिलाइ गरिरहेको भन्दै यसलाई कुटनीति पहलबाट समधान खोज्न प्रधानमन्त्रीको ध्यानकर्षण गराएका थिए । यस्तै लामोसाँघु–चरिकोट सडककको ठेकेदारले काम नगर्दा यातायातमा समेत समस्या भएको उनको गुनासो छ । 

हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनामा ३७ अर्ब रुपैयाँ खर्च भईसकेको छ । आयोजनाको लागत मात्रै बढेर निर्माण अवधिको ब्याज बाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको आयोजनाले जनाएको छ । आयोजनाको ४ लटमध्ये पहिलो, तेस्रो र चौथोको काम भइरहेको छ । तर, दोस्रो लटको ठेकेदारले ढिलाई गरिरहेको उनले जनाकारी दिए । आयोजनामा ७६ मेगावाटका ६ वटा युनिट छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved