उद्योगी व्यावसायीलाई ओलीले भने ‘रक्सौलबाट सामान भरिएर आएको रेल रित्तो नफर्कियोस्’

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 11, 2018 | 05:32:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यावसायको क्षेत्रमा आधुनिक औजार प्रयोग गरेर देशलाई अघि बढाउनु पर्ने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवशको बुधबार उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले “अब हामीले अन्यत्र काम नलाग्ने भइसकेका सीप, प्रविधि भित्र्याएर होइन विल्कुलै नयाँ प्रविधि प्रयोग गरेर देशलाई अघि बढाउनु पर्दछ” भने । अब नेपालमा चाँडै रेल सेवा सञ्चालन हुने आश्वासन दिँदै उनले त्यसबाट फाइदालिने गरी तयारी गर्न व्यावसायीलाई आग्रह गरे । “अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ, रकसौलबाट आँउदा रेल भरिएर आउने जाँदा रित्तै जाने स्थिती हुनुहुदैन । काठमाडौंबाट फर्कदा पनि रेल भरेर पठाउन निर्यात जन्य उत्पादनमा लाग्नुहोस्” प्रधानमन्त्रीले भने । 

प्रधानमन्त्री ओलीले दुईबर्ष भित्र उद्योगलाई चाहिने जति विद्यतु दिन सरकार सक्षम हुने पनि बताए । “अब बिजुली हुदैन कि भनेर उद्योग सञ्चालन गर्न नहिच्किचाउनुहोस” उनले भने “आगामी दुईबर्ष भित्र उद्योगलाई चाहिने जति बिजुली उपलब्ध गराउन सकिन्छ ।” सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले नीजि क्षेत्रका समस्या समाधान गर्न सरकार सदैव तयार रहेको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved