निर्वाचन आयोगले बैशाख २ गतेदेखि मतदाता नामावली संकलन गर्ने, के के चाहिन्छ कागजात ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 12, 2018 | 11:14:52 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले बैशाखदेखि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य सुरु गर्ने भएको छ ।  चैत्र २८ गते प्रमुख निर्वाचन आयुक्तको अध्यक्षतामा बसेको आयोगको बैठकले बैशाख २ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न कार्यक्रम संचालन गर्ने निर्णय गरेको गरेको हो ।  

 आयोगले बैशाख २ गते आइतबार देखि सबै क्षेत्रीय÷जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) गर्नुपर्ने भए सोको लागि निर्धारित अनुसूची बमोजिम निवेदन लिई अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको हो । 

आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ । 

मतदाता नामावलीमा नाम रहेकाले मात्र आफ्नो मताधिकार प्रयोग गर्न पाउने संबैधानिक ब्यबस्था छ  । 

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् तर प्रचलित कानुनअनुसार १८ वर्षउमेर पूरा भएपछि मात्र निजहरूलाई मताधिकार प्राप्त हुनेछ ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न निम्न शर्तहरू पूरा गर्नुपर्दछ :

   क) नेपाली नागरिक भएको हुनुपर्छ ।
   ख) १६ वर्षउमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्दछ ।
   ग) कुनै निर्वाचन क्षेत्रभित्रको गाउँ विकास समिति/नगरपालिकामा स्थायी बसोबास गरेको हुनुपर्दछ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved