प्रत्येक नेपालीको टाउकोमा २१ सय ऋण थपियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 12, 2018 | 10:37:45 PM मा प्रकाशित

laxmi  sunrise bank

यो बर्ष प्रत्येक नेपालीको ऋण गत बर्ष भन्दा दुई हजार १४७ रुपैयाँले बढेको छ। महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा प्रत्येक नेपालीको टाउकोमा २४ हजार २७६ रुपैयाँ ऋण रहेको जनाइएको छ। गत बर्ष नेपालीको टाउकोमा प्रति व्यक्ति ऋण २२ हजार १२९ थियो।   

महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा २०७३-७४ असार मसान्तसम्म नेपाल सरकारको कुल ऋण दायित्व ६ खर्ब ९७ अर्ब ६९ करोड छ। यस मध्ये आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ७१ करोड र बैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड छ। 

उक्त ऋण २०७३-७४ को कुल ग्राहस्थ उत्पादनको २६.८४ प्रतिशत हो। जसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ। नेपालको कुल जनसंख्या २ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यो बर्षसम्म प्रतिव्यक्ति ऋण २४ हजार २७६ रुपैयाँ ७५ पैसा हुन आउँछ।   




 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved