यस्ता छन् नेपाल टेलिकमको नयाँ बर्ष अफरहरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 13, 2018 | 11:01:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले नयाँ बर्ष २०७५ को अवसरमा विभिन्न अफरहरु सार्बजनिक गरेको छ  । टेलिकमले बैशाख १ गतेदेखि १५ गतेसम्म लिन सकिने गरी विभिन्न अफरहरु सार्बजनिक गरेको हो  । 

यस्ता छन् अफर  । 

१. ह्याप्पी विकेन्ड (Happy Weekend) प्याक 

जीएसएम÷सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।  

२. अनलिमिटेड जीएसएम÷सीडीएमए नाइट डाटा प्याक 

जीएसएम÷सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम÷सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिन सम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने छ ।  

३. एडीएसएल भोलुम बेस्ड (ADSL Volum based) प्याकेज

नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । 

४. एडीएसएल अनलिमीटेड (Unlimited )  प्याकेज

नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेज अन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिन सम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने छ ।

उल्लेखित प्याकहरु *1415# डायल गरेर लिन सकिने टेलिकमले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved