प्रतिवेदनमाथि जथाभावी टिप्पणी नगर्न महालेखापरीक्षक शर्माको चेतावनी

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 13, 2018 | 05:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

महालेखापरीक्षक टंकमणि शर्माले निर्वाचन आयोगलाई महालेखापरीक्षकको प्रतिवेदनमाथि अध्ययन नगरी टिप्पणी नगर्न चेतावनी दिएका छन् । आयोगले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा प्रतिवेदनमा नै आफूहरुले बधाई दिएको तर निर्वाचनकै बेला आयोगका कामकारबाही र पारदर्शीताको विषयमा विभिन्न माध्यममा टिकाटिप्पणी भएपछि आयोगमाथि आफूले पनि निगरानी बढाएको बताए । 

उनले निर्वाचन आयोगको १९ करोड १७ लाख बेरुजु रहेको पनि जानकारी दिए । फरक प्रशंगमा महालेखापरीक्षक शर्माले लेखा परीक्षण नगर्ने सरकारी निकायहरुलाई कारबाहीको दायरामा ल्याईने बताए । शर्माले पशुपति क्षेत्र विकास कोष, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय खेलकुद परिषद लगायतका निकायहरुलाई पटक–पटक लेखा परीक्षण गराउन ध्यानकार्षण गराउँदा पनि अटेर गरेको जनाए । 

उनले दिएको जानकारी अनुसार अहिलेसम्म ५ खर्ब ८ करोड बेरुजु रहेको छ । सरकारी तहबाट प्रायः सबै निकायमा लेखा परीक्षण भएको र ५५ औं प्रतिवेदन पनि सार्वजनिक भइसकेको उनको भनाई छ । उनले ७ सय ४४ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहको लेखापरीक्षण गरेको जानकारी दिए । त्यस्तै स्थानीय तहमा १ खर्ब भन्दा बढिको लेखापरीक्षण गर्दा १४ अर्बको बेरुजु भेटिएको उनको भनाई छ । महालेखापरीक्षकको कार्यालयले यस वर्ष ५२ खर्बको लेखापरीक्षण गरेको उनको भनाई थियो । आफूहरुले गरेको अडिटमध्ये १ खर्ब २० अर्बको बेरुजु रहेकोमा सरकारी निकायको मात्रै ९४ अर्बको बेरुजु रहेको पनि शर्माले जनाए । शर्माले ७ वटै प्रदेशमा १ खर्ब ८० अर्बको लेखापरीक्षण भएकोमा १४ अर्ब बेरुजु भएको र त्यसमध्ये सबैभन्दा धेरै २ नम्बर प्रदेशमा १३ प्रतिशतको बेरुजु रहेको जानकारी दिए । 

उनले लेखापरीक्षण गरिएकोमध्ये ४४ हजार आईटममा कैफियत रहेको पनि जानकारी दिए । शर्माले यसपटकको प्रतिवेदनमा अनुसुचिमा सम्बन्धित निकायका पदाधिकारीहरुको नाम, उत्तरदायी लेखा र सचिवहरुको नाम समेत उल्लेख गरिदिएकोले प्रतिवेदन कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको जनाए । उनले भने, ‘रिपोर्ट सार्वजनिक भएको छ, अब ३५ दिनभित्र कार्यान्वयन गर्नुहोस् भनेर हामीले भनिसकेका छौं, ३५ दिनबाट ३६ दिन लाग्नेबित्तिकै हामी सम्बन्धित निकायलाई ध्यानाकार्षण गराउँछौं ।’



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved