आज ५ जिल्लामा सर्वाजनिक बिदा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 15, 2018 | 10:52:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले आज बैशाख २ गते ५ जिल्लामा सार्वजनिक बिदा दिएको छ । आज सिरुवा पावनी पर्व परेकाले सरकारले ति पर्व मनाउने जिल्लामा सार्बजनिक बिदा दिने निर्णय गरेको हो । जस अनुसार पूर्वी मधेसका पाँच जिल्लाहरु झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा आज सार्वजनिक बिदा दिईएको छ ।


सिरुवा भन्नाले नया वर्ष भन्ने बुझिन्छभने पावनी भन्नाले पर्व बुझाउ छ। विशेषतः पूर्वका थारु, राजवंशी, गनगाई सन्थाल जातिले हिलो पानी खेलेर सिरुवा पर्व मनाउने गरेका छन्। हिलो माटो खेलेर नयाँ कृषिबाली लगाउने तयारीका लागि र रोगव्याधी हटोस् भन्ने मान्यता अनुसार काद सिरुवा मनाउने प्रचलन छ ।

सिरुवा पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाइँन्छ । यस चाडमा चैत्र महिनाको अन्तिम दिन अर्थात् नयाँ वर्ष सुरु हुन् एक दिनअघि कम्तिमा पनि सात प्रकारका परिकारहरु बनाउने चलन छ र सो परिकार नयाँ वर्षको दिन खाने चलन छ । बर्षको पहिलो दिन अर्थात बैशाख १ गते पानी छ्यापा–छ्याप गरी ‘पानी’ सिरुवा मनाउने गरिन्छ । बर्षभरी शितलता प्राप्त होस भन्दै पानी सिरुवा खेल्ने चलन छ । त्यस्तै बैशाख २ गते ‘काद’ सिरुवा मनाउने प्रचलन छ । आदिवासी समुदायका ति जातिले आफूलाई भूमिपुत्रका रुपमा चित्रण गर्दै ‘काद’ सिरुवा मनाउने गर्छन् ।माटोको शरीर माटोमै विलय हुने र माटोले नै जीवन धानेको भन्दै माटोलाई हिलो बनाएर एक आपसमा छ्यापा–छ्याप गरि ‘काद’ सिरुवा मनाउने गर्छन् ।

त्यस्तै सिरुवा पर्वको अन्तिम तथा तेस्रो दिन बैशाख ३ गते ‘रंग’ सिरुवा मनाईने गरिन्छ । बर्षभरी आफूले इच्छाएका विभिन्न चाहानाहरु पुरा होस भन्ने कामनाका साथ एक आपसमा ‘रंग’ र अबिर दलेर रंग सिरुवा मनाउने गरिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved