मार्गचित्र कार्यन्वयनको लागि शिक्षामन्त्रीद्वारा ३ महिने कार्ययोजना सार्बजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 15, 2018 | 02:11:31 PM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस अघि सार्बजनिक गरेको मार्गचित्र कार्यन्वयनको लागि कार्यक्रम कार्ययोजना सार्बजनिक गरेका छन् । मन्त्री पोखरेलले गत बुधबार आफनो ५ बर्षे कार्ययोजना रोड म्पाप सार्वजनिक गरेका थिए । 

मन्त्री पोखरेलले अधिल्लो पटक आफै शिक्षा मन्त्री भएको बेला  तयार पारेको १८ बुँदे कार्ययोजना, बाम गठबन्धनको चुनावी घोषणा पत्र, बाम सरकाकले लिने नीति तथा कार्यक्रम तयार गर्न लागि बनेको बामदेब गौतम संयोजक रहेको कार्यदलको प्रतिवेदनको आधारमा उनले यो रोडम्याप तयार गरेका हुन् । उनले तयार पारेका रोडम्यापमा उनको प्राथमिकतामा सामाजिक न्याय, दिगो शान्ति, विकास, सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेका छन्  छन् । 

आज सोहि मार्ग चित्र कार्यन्वयनको लागि मन्त्री पोखरेलले २०७५ असारसम्म सम्पन्न गर्ने गरी ३ महिने कार्यक्रम कार्ययोजना सार्बजनिक गरेका हुन् । मन्त्रालयको नेतृत्व सम्हालेको एक महिना पूरा भएको अवसर पारेर उनले कार्य योजना सार्बजनिक गरेका हुन् ।

१ महिनाको अवधिमा  शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको सांगठानिक संरचना मन्त्री परिषदवाट पारित गराई कार्यान्वयन गर्ने,  दुई महिना भित्र प्रतिस्थापन विधययेक ल्याउने गरी चिकित्सा शिक्षा अध्यादेश संघीय संसदबाट पारित गर्ने, जिल्ला शिक्षा कार्यलयको संक्रमणकालिन व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यलय मातहत रहने गरी शिक्षा विकास तथा समन्वय ईकाईको अन्तरिम संरचना निर्माण,  विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका वालवालिकालाई विद्यालय ल्याउन संम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण राष्ट्रिय अभियान सञ्चालन र  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नीतिगत एवम् कानुनी, संरचनागत र व्यवहारगत सुधारका लागि मन्त्रालयको मार्गचित्र निर्माण गरी सार्वजनिक गर्ने काम सम्पन्न भएको मन्त्री पोखरेलले जानकारी दिएका छन ।

मार्गचित्र सार्वजनिक गर्दा नै मार्गचित्रमा अभिव्यक्त नीति, कार्यवक्रम तथा योजनाहरुको ठोस कार्यान्वयनका लागि तत्काल गर्नुपर्ने ३ महिने कार्ययोजना २०७५ बैशाख २ गते सार्वजनिक गर्ने प्रतिबद्दता अनुरुप आज मार्गचित्र सार्बजनिक भएको हो । त्यही योजना अनुरुप  मार्गचित्रमा उल्लिखित सम्पूर्ण पक्षहरुको विषयगत कार्यान्वयन योजना निर्माण गरी ३० बुँदे कार्यक्रम कार्यान्वयन योजना  सार्वजनिक भएको छ । 

हेर्नुस ३ महिने कार्ययोजना ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved