फेसबुक चलाउन टेलिकमले ल्यायो विशेष अफर

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 15, 2018 | 03:24:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले बैशाख ३ गते सोमबार देखि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । सोमबार परेको आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसीको अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड र पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको हो । यो प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने टेलिकमले जनाएको छ । अफर बैशाख ३ गतेदेखि बैशाख १८ गते सम्म जारी रहनेछ । 

उक्त प्याक अन्तर्गत २१ रुपैयाँमा ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने २ सय ५० एमबी डाटा पाउन सकिने छ । सो प्याक ७ दिनका लागी मान्य हुने कम्पनीले जनाएको छ । 

विद्यार्थी अफर

कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । विद्यार्थीहरुलाई ५० रुपैयाँमा टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाउको छ । सो रकम मध्ये १० रुपैयाँ कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न प्रयोग गर्न सकिनेछ । बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिन भित्र उपभोग गरिसक्नु पर्ने पनि टेलिकमले जनाएको छ । सो अफर भोलिदेखी लागू हुनेछ । कम्पनीले विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराउने भएको छ । 

त्यसैगरी यो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने छ । ५० रुपैयाँ रिचार्ज गर्दा ३ दिनको लागी बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरका लागि मात्र उपलब्ध हुनेछ । भेलीदेखी सुरु हुने यो अफर आगामी ३ महिनासम्म रहनेछ । 

एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका बिद्यार्थीहरुलाई बिद्यार्थी अफरको सिम उपलब्ध गराइने छ । एसईई परीक्षा दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved