24 Apr, 2018 | ११ बैशाख २०७५ | मङ्गलवार






Bizpati Reporter

Follow us on

विरोध र आन्दोलन गर्ने ६ ठाउँ तोकियो, जथाभावी प्रदर्शन गर्न नपाईने (विज्ञप्ति सहित)

Posted on:April 15, 2018

citizen bank

सरकारले विरोध र प्रदर्शन गर्न निश्चित ठाउँ तोकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६ ठाउँलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेर अन्य ठाउँमा विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो । वैशाख १६ गतेदेखि काठमाडौंको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवान पाउको भुईंखेल चौर, सानो गौचरण फुटबल मैदान, गौशालाको सिफलचौर, पेप्सीकोला खेलमैदान र  लैनचौर समाज कल्याणपरिषद अगाडिको खुला स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाइने भएको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गरी गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना बमोजिम तोकिएको ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको बैठकले प्रदर्शनस्थल तोकेको जानकारी दिए । 

प्रशानले एक विज्ञप्ति जारी गरी सार्वजनिक कार्यक्रम र प्रदर्शन गर्ने निश्चित ठाउँ तोकिउको जनाएको छ । अब यसअघि धेरैजसो प्रदर्शन र सार्वजनिक कार्यक्रम भईरहने माईतीघर मण्डला लगायतका स्थानमा कार्यक्रम गर्न नपाईने भएको छ । ‘मिति २०७५ बैशाख १६ गतेदेखि तोकिएको स्थानमा मात्र आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ । 

हेर्नुहोस् विज्ञप्ति


Share your thoughts!

Loading...

Trending