बालुवाटारमा ओली–प्रचण्डबीच निर्णायक वार्ता जारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 16, 2018 | 10:07:07 AM मा प्रकाशित

laxmi  sunrise bank

पार्टी एकता टुंगो लगाउन अहिले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे १० बजेदेखि वार्ता चलेको हो । 

 हिजो परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेका दाहाल आजै काठमाडौँ फर्केका हुन् । 

आजको वार्ता निर्णायक बनाउने र बैशाख ९ गते नै एकता घोषणा गर्ने गरी अध्यक्षद्वय छलफलमा जुटेका हुन् ।  

अहिले दुई दलबीच नयाँ पार्टीमा हुने प्रतिनिधित्व, चुनाव चिन्ह र विधानमा जनयुद्ध राख्ने विषयमा सहमति जुट्न सकेको छैन ।

दुई अध्यक्षबीचको छलफलपछि पार्टी एकता संयोजन समितिको बैठकको टुंगो लाग्नेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved