२ घण्टासम्म चलेको ओली प्रचण्ड वान टु वान वार्ता सकियो, भोलि एकता समितिको बैठक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 16, 2018 | 12:11:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पार्टी एकता टुंगो लगाउन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको वान टु वान वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे १० बजेदेखि चलेको वार्ता २ घण्टासम्म चलेको थियो । 

 हिजो परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेका दाहाल आजै काठमाडौँ फर्केका हुन् । आजको वार्ता निर्णायक बनाउने र बैशाख ९ गते नै एकता घोषणा गर्ने गरी अध्यक्षद्वय छलफलमा जुटेका थिए। 

तर २ घण्टा लामो वार्ताले केहि ठोस सहमति भने गर्न सकेन  । भोलि विहान ९ नौ बजे  पार्टी एकता संयोजन समितिको बैठक राख्ने र त्यस बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएका छन। 

दुई दलबीच नयाँ पार्टीमा हुने प्रतिनिधित्व, चुनाव चिन्ह र विधानमा जनयुद्ध राख्ने विषयमा सहमति जुट्न सकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved