चार नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, विकास र समृद्धिका ९ आधार (पूर्ण पाठसहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 16, 2018 | 06:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश चारको सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ। सरकार बनेको झन्डै दुई महिनापछि यस आर्थिक बर्षको असार मसान्तसम्मका  लागि आज सोमबार नीति तथा कार्यक्रम संसदमा पेश भएको हो। 

केन्द्रले दिएको १ अर्ब २ करोड बजेटमा आधारित भएर प्र्देश ४ सरकारले ९५ बुंदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। प्रदेश प्रमुख बाबुराम कुँवरले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले प्रदेश ४ को विकास र समृद्धिलाई जोड दिएको छ। विकास र समृद्धिलाई नागरिक अधिकार, अवसर, सुरक्षा र सम्मानका ४ वटा आधारभुत स्तम्भमा आबद्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ।     

प्रदेश ४ को समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई नीति तथा कार्यक्रमले मुख्य आधार मानेको छ । प्राथमिकताका चार आधारसँगै खनिज, लोकसंस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य र खानेपानीसहितका विषयलाई पनि नीति तथा कार्यक्रममार्फत प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रममा यस आर्थिक बर्षलाई 'प्रादेशिक संरचना निर्माण बर्ष', आगामी बर्षलाई 'प्रादेशिक संरचना निर्माण बर्षको रुपमा कार्यन्वयन गरिने उल्लेख छ। 

प्रदेश ४ को बिकासका लागि तीन खम्बे अर्थनीतिलाई आधार मानेर प्रदेशको विकासको खाका कोरिने कुरा समेटिएको छ। त्यसैगरि कृषिलाई उत्पादनमुलक र व्यावसायीकरण गर्दै उद्योगमार्फत रोजगारी बढाएर प्रदेशलाई अघि बढाउने नीति प्रदेश सरकारले लिएको छ।

नीति तथा कार्यक्रममा सन २०१९ लाई आन्तरिक पर्यटन बर्ष, २०२० लाई छिमेकी पर्यटन बर्ष र २०२२ लाई अन्तराष्ट्रिय स्तरको 'पोखरा पर्यटन बर्ष' सम्पन गरिने कुरा समेटिएको छ। 

नीति तथा कार्यक्रमको पूर्ण पाठ:

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved