अनाधिकृत ढंगमा राखिएको भारतीय दुतावासको सम्पर्क कार्यालयमा बम विस्फोट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 16, 2018 | 09:36:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बिराटनगर महानगरपालिका-१३ स्थित भारतीय राजदुतावासको सम्पर्क कार्यालयमा बम बिष्फोट भएको छ। सोमबार साँझ करिब ८ बजेर १५ मिनेटमा भएको बम विष्फोटबाट इकाइ कार्यालयको पश्चिमतर्फको पर्खालमा सामान्य क्षति भएको जनाइएको छ। 

मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको प्रहरीको सुरुवाती अनुसन्धानबाट खुलेको छ। यद्दपी कसले किन बम बिष्फोट गर्यो भन्ने बिषयबारे अनुसन्धानपछी मात्र खुल्ने मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीले बताए। 

२०६४ सालमा सप्तकोशीमा आएको बाढीले बाँध भत्काएर नेपाल-भारत दुवैतर्फ ठूलो क्षति गरेपछि राहत र बाँध पु:निर्माणका लागि भन्दै विराटनगरमा सम्पर्क कार्यालय खोलिएको थियो। उक्त सम्पर्क कार्यालय हटाउन परराष्ट्र मन्त्रालयले निरन्तर आग्रह गर्दै आए पनि भारतले अटेर गर्दै आएको छ। 

अनाधिकृत ढंगमा राखिएको कार्यालय हटाउनु परराष्ट्र मन्त्रलायले भारतीय दूतावासमा पत्राचार गरिसके पनि भारतीय पक्षले बेवास्ता गर्दै सो कार्यालयमा सुरक्षाकर्मी राखेर भारतको झण्डा फहराइदै आएको छ। सो सम्पर्क कार्यालयको उद्घाटन तत्कालीन परराष्टमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए।   

यसअघि मोहन बैद्य नेतृत्को माओवादी क्रान्तिकारी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिराटनगरमा रहेको भारतीय कार्यालय हटाउन माग गरेका थिए । बिराटनगरमा रहेको सो सम्पर्क कार्यालय नहटाए आफैंले हटाउने विप्लब र बैद्य माओवादीले चेतावनी दिंदै आएका छन।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved