९ गते वाम एकता हुने सम्भावना टर्‍यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 17, 2018 | 12:29:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते हुने भनिएको पार्टी एकीकरणको सम्भावना लगभग समाप्त भएको छ। लेनिन जयन्तिको दिन गर्ने भनिएको पार्टी एकताको तयारि नपुगेकाले त्यसदिन एकता घोषणा नहुने नेताहरुले बताएका छन। 

आज मंगलबार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणका लागि तयारि नपुगेको ठहर गरेको छ। बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नौ गते गर्ने भनिएको एकताका लागि तयारि नपुगेको र त्यसदिन एकता घोषणा नहुने जानकारी गराएका छन। 

एमाले महासचिब इश्वर पोखरेलले दुई पार्टीको एकता हुनेमा कुनै शंका नरहेको बताएका छन। 'अहिलेलाई तयारी नपुगेकाले ९ गते घोषणा हुँदैन' महासचिब पोखरेलले भने, 'दुवै पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा फरक अभ्यास गरेको छ, अब पार्टी एकतामा पनि फरक अभ्यास हुन्छ, पार्टी एकतामा यतिउति प्रतिशत भन्नेमा हामि अड्कनेछैनौ।’ 

आजको बैठकले पार्टी एकताको अन्तिम टुङ्गो गर्ने जिम्मा दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved