बिदेशिएका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउन निजि क्षेत्रसंग राष्ट्रपतिको आग्रह

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 17, 2018 | 04:54:59 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ ।  राष्ट्रपति भण्डारी समक्ष आज राष्ट्रपति भवन सितल निवासमा महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघका पदाधिकारी, कार्यकारिणी समिति सदस्यहरू सम्मिलित महासंघको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो । 

भेटमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू र महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ लगायत थिए  । उक्त भेटवार्ताका अवसरमा महासंघका तर्फबाट सम्माननीय राष्ट्रपतिमा बधाई सहित नेपालको वर्तमान आर्थिक अवस्था, मुलुकको समृद्धिका लागि सरकार निजी क्षेत्र बीच सहकार्य, लगानी आकर्षण, उर्जा विकास, स्वदेशी उद्योगको प्रवद्र्धन, महासंघले हालै सम्पन्न गरेको प्रादेशिक आर्थिक बहस, भावी कार्यक्रम लगायतका विषयमा राष्ट्रपति समक्ष छलफल भएको महासंघले जनाएको छ । 

सो अवसरमा राष्ट्रपतिबाट आर्थिक विकासका लागि निजी क्षेत्र, उद्योग वाणिज्य क्षेत्र विज्ञ समूह भएकाले अव मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एक जुट भएर लाग्नु पर्नेमा जोड दिईन । अव हामीले आयात प्रतिस्थापन गर्ने उद्योगहरूको प्रवद्र्धनमा जोड दिदै राष्ट्रपति भण्डारीले आम नेपाली जनताको स्तरीय जीवनयापन बनाउने स्वाबलम्वी अर्थतन्त्र विकास तर्फ हाम्रो सम्पूर्ण प्रयास केन्द्रीत हुनुपर्ने सुझाव दिईन । 

साथै राष्ट्रपतिले मुलुकभित्र पर्याप्त रोजगारीका अवसरहरू सृजना हुने उद्योग व्यवसाय संचालन गरी रोजगारीका लागि विदेशीएका नेपाली दाजुभाई दिदी बहिनीहरूलाई स्वदेश फर्काउने वातावरण बनाउन समेत निजी क्षेत्रलाई आग्रह गरेकी थिइन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved