राष्ट्र बैंकको नयाँ निर्देशन: अनलाइन मार्फत गरिने कारोबारमा कडाई

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 17, 2018 | 06:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन मार्फत गरिने बैंकिङ कारोबारको सिमा तोकिएको छ। नेपाल राष्ट्र बैंकले विद्युतीय प्रणालीबाट गरिने कारोबार बारे निर्देशन जारि गर्दै विद्युतीय माध्यमबाट गरिने कारोबारको सिमा निर्धारण गरेको हो। 

राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहकले क्रेडिट कार्डको स्वीकृत सीमाको अधिकतम २५ प्रतिशतसम्म झिक्न पाउनेछन। तर कार्डबाट नगद कारोबार आरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय सिमा समाप्त भएको अवस्थामा यस्तो रकम बैकमा जम्मा गरि समयाअवधि अगाडी नै फेरी नगद झिक्न पाइनेछैन। 

त्यस्तै डेबिट कार्डबाट अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न पाइनेछ। तर एक दिनमा एक लाख भन्दा बढी नगद झिक्न पाइने छैन। तर ग्राहकलाई आवश्यकता अनुसार यो सिमा कम गर्ने अधिकार कार्ड जारि गर्ने बैंकलाई हुनेछ। 

मोबाइल र इन्टरनेट बैंकिङ 

राष्ट्र बैंकले मोबाइल बैंकिङको माध्यमबाट हुने कारोबारमा केहि कडाई गरेको छ। नयाँ व्यवस्था अनुसार मोबाइल बैंकिङब्बाता अधिकतम भुक्तानीको सिमा एक पटकमा ५००० र एक दिनमा बढीमा १०,००० र एक महिनामा बढीमा एक लाखको सिमा तोकिएको छ।

त्यस्तै इन्टरनेट बैंकिङबाट एक दिनमा बढीमा १ लाख र एक महिनामा ५ लाखसम्मको सिमा तोकिएको छ। साथै इन्टरनेट बैंकिङ मार्फत एक पटकमा बढीमा एक लाख र एक महिनामा बढीमा दश लाख रुपैयाँ अर्को बैंक खातामा ट्रान्सफर गर्न सकिनेछ। 

ई-वालेट 

भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक एजेन्ट वा सब एजेन्ट मार्फत एक पटकमा पांच हजारसम्म ई वालेटमा जम्मा गर्न पाइनेछ। प्रत्येक दिन बढीमा १५ हजार र महिनामा २५ हजार रुपैयाँसम्म रकम जम्मा गर्न सकिनेछ। 

ई वालेट मार्फत एक एक पटकमा पांच हजार र एक दिनमा १५ हजार तथा एक महिनामा २५ हजार रुपैयाँसम्म भुक्तानी गर्न पाइनेछ। तर नेपाल सरकारका सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, सवारी दस्तुर, बिजुलीको बिल, राजस्व भुक्तानी गर्नुपरेमा बिम बमोजिमको रकम भुक्तानी गर्न पाइनेछ। 

बैंक खाताबाट ई वालेटबाट एक पटकमा ५ हजार र एक दिनमा १५ रुपैयाँसम्म ट्रान्सफर गर्न पाइनेछ। तर ई वालेटबाट बैंक खातामा रकम ट्रान्सफर गर्न कुनै सिमाना तोकिएको छैन। त्यस्तै बैंक खाताबाट सेवा प्रदायक संस्थाले संचालन गरेका ईवालेटमा एकै दिन एक पटकमा ५० हजारसम्म ट्रान्सफर गर्न पाइनेछ। तर जुन प्रयोजनका लागि उक्त रकम ट्रान्सफर गरिएको हो सो प्रयोजनका लागि भुक्तानी गर्नुपर्नेछ र वालेटमा अन्तिम मौज्दात २५ हजार भन्दा बढी राख्न पाइनेछैन।  

रेमिट्यान्स 

राष्ट्र बैंकले रेमिट कम्पनि मार्फत रेमिट्यान्स प्राप्त गर्ने रकमको सीमामा कडाई गरेको छ। अहिलेसम्म नेपालको रेमिट कम्पनिबाट बढीमा दुई लाखसम्म रेमिट्यान्स प्राप्त गर्न मिल्ने व्यवस्था रहेकोमा साउन १ देखि १ लाखसम्म मात्र प्राप्त गर्न पाइनेछ। रेमिट्यान्स रकम त्यो भन्दा बढी भएमा बैंकबाट प्राप्त गर्नुपर्नेछ। यसपछि   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved