१४ बर्षदेखिको गाँठो फुक्यो, बाहिरि चक्रपथ बनाउन मन्त्रिपरिषदको स्वीकृति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 18, 2018 | 07:28:16 AM मा प्रकाशित

laxmi  sunrise bank

बाहिरी चक्रपथको पाइलट प्रोजेक्टको रुपमा रहेको चोभार–सतुंगल खण्डको ६.६ किलोमिटर सडक विस्तार गर्नका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषदले चोभार–सतुंगल खण्ड विस्तारको लागि स्वीकृती दिएको हो । 

सरकारले काठमाडौं उपत्यकाको भित्री चक्रपथ आसपास बढ्दै गएको अव्यवस्थित शहरीकरणलाई व्यवस्थित बनाउनका लागि आर्थिक बर्ष २०६२-६३ देखि बनाउने प्रक्रिया अगाडि बढाएको थियो ।

१४ बर्षपछि सरकारले आफ्नो योजनालाई मन्त्रीपरिषद्बारा पास गरेर कार्यान्वयन गर्न लागेको हो। बाहिरी चक्रपथले काठमाडौं उपत्यकाको ३ जिल्लाको ७२ किलोमिटर सडक खण्ड ओगट्ने छ । 

काठमाडौंमा ३५ किलोमिटर, भक्तपुरमा २१ किलोमिटर र ललितपुरमा १६ किलोमिटर बाहिरी चक्रपथको लम्बाई हुनेछ। सरकारले बाहिरी चक्रपथ ल्याडपुलिङको अवधारणमा निर्माण गर्न लागेको हो । जसका लागि चक्रपथ आसपासका करिब ७२०० रोपनी जग्गा विकास गर्ने लक्ष्य राखिएको छ ।

चक्रपथको सडकको चौडाई ५० मिटर हुनेछ भने सडकको दायाँ तथा बायाँ ५ सय मिटर जमिनमा नयाँ शहरका लागि आवश्यक पुर्वाधार निर्माण गरिने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved