केरुङ-काठमाडौं-लुम्बिनी रेलमार्गबारे चीनमा भयो यस्तो सहमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 18, 2018 | 05:39:01 PM मा प्रकाशित

laxmi  sunrise bank

चीन र नेपालबीच सीमा क्षेत्र अन्तर्गत केरुङ-काठमाडौं, काठमाडौं-पोखरा-लुम्बिनी रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ। 

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीसँगको भेटवार्तामा यस्तो सहमति भएको हो । भेटवार्तापछिको संयुक्त पत्रकार सम्मलेनमा सहमतिको जानकारी गराईएको हो । बेइजिङस्थित नेपाली दूतावासले दुई मन्त्रीबीचको भेटवार्तामा भएका छलफल र सहमतिबारे विज्ञप्ति मार्फत् जानकारी गराएको छ। 

 मन्त्री ज्ञवाली र समकक्षी यीको भेटमा पुराना सम्झौता कार्यान्वयनका लागि नयाँ संयन्त्र बनाएर अघि बढ्ने सहमति पनि भएको छ। दुई मन्त्रीको भेटमा लक्ष्य प्राप्तिका लागि बेल्ट एण्ड रोड इनिसेटिप अन्तर्गतका सबै सम्झौता कार्यान्वयनका लागि काम गर्ने सहमति गरेका छन्। 

सहमति अनुसार दुवै पक्षबाट गरिएका सम्झौता लागु गर्न एउटा संयन्त्र बनाइने छ। संयन्त्रले लक्ष्य प्राप्तिको लागि बेल्ट एण्ड रोड इनिसेटिप अन्तर्गत पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार, वाणिज्य पर्यटन, जनस्तरीय सम्पर्क स्थापनाका लागि दुवै पक्षबाट छलफल  गर्ने, नेपाल चीन सीमा क्षेत्र अन्तर्गत केरुङ-काठमाडौं, काठमाडौं-पोखरा-लुम्बिनी रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, पहिलाको जस्तै मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेको लागि काम गर्ने उल्लेख छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved