सिन्डिकेट अन्त्य गर्ने सरकारको निर्णयको उद्योग बाणीज्य महासंघद्वारा स्वागत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 19, 2018 | 11:55:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघले यातायात क्षेत्रमा देखिएको सिण्डिकेटको अन्त्य गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। आफुहरुले सबै प्रकारको सिन्डिकेट, कार्टेलिङ र आलोपालोप्रथाको अन्त्य हुनुपर्ने माग गर्दै आएकाले मन्त्रिपरिषदबाट यातायात क्षेत्रसंग सम्बन्धित संघ संस्थाको दर्ता र नबिकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने नगराउने सरकारको निर्णयको स्वागत गरेको महासंघले जनाएको छ।

खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सोभनीय नहुने धारणा महासंघले निरन्तर राख्दै आएको महासंघद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। 

विगतमा यस्ता सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको सख्त विरोध गर्दै त्यसको खारेजीका लागि सम्मानित अदालतको ढोका समेत ढक्ढक्याउनु परेको महासंघले स्मरण गरेको छ। ट्रक ढुवानीमा समेत जवरजस्ती लागू गरिंदै आएको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने महासंघको माग भएको जनाइएको छ।

सरकारको निर्णयको बिरोधमा सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै यातायात व्यवसायी र सोसंग सम्बन्धित संघ संस्थाहरुलाई महासंघले आग्रह समेत गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved