६५ वर्ष पुगेपछि वृद्धभत्ता दिने निर्णय खारेज गरे हामी विरोध गछौँ : महत

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 19, 2018 | 02:41:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले ६५ वर्ष पुगेपछि वृद्धभत्ता दिने निर्णय खारेज गरे हामी विरोध गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘एमाले र माओवादीले चुनावमा ५ हजार दिन्छु भनेर सस्ता नारा दिनुभयो, हामीले गाउँ, दुरदराजमा रहेका बृद्धाहरुलाई हितमा राखेर निर्णय गर्दा किन विरोध गरेको ? उहाँहरुको मोडेलमा जाँदा ६० अर्ब खर्च हुन्छ, तर हाम्रो मोडेलमा जाँदा ४० अर्बमात्रै हुन्छ ।’ उनले यस अघिको सरकारले गरेका निर्णय वर्तमान सरकारले उल्ट्याउँदै लगेको भन्दै आपत्ति जनाए । 

एक फरक विषयमा नेता महतले पार्टी भित्र सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र अब खैरियत नभएको बताए । उनले पार्टीको केन्द्रिय कार्यसमिति बैठक भोलिबाट सुरु हुने र सोही बैठकले पदाधिकारी मनोनित गर्ने समेत बताए । 

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता महतले कम्युनिष्ट सरकारका बदमासीहरुलाई औंल्याउने र खबरदारी गर्ने आफूहरुको काम भएको बताए । ‘अहिलेको सरकारले अधिकार केन्द्रित गरिरहेको छ, सरकारलाई पार्टीकरण जस्तो र पार्टीलाई सरकार जस्तो बनाउने काम भयो भने हामी खबरदारी गर्छौं, त्यस्तै सरकारले राम्रो काम गर्यो भने हामी समर्थन गर्छौं ।’ उनले भने ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved