पूर्वप्रधानन्यायाधीश पराजुली विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 19, 2018 | 05:13:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली विरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । अदालतको अवहेलना गरेको भन्दै मनोज कुमार अधिकारीले पराजुली विरुद्ध दिएको निवेदन कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको इजलासले को उक्त निवेदन दर्ता गर्न अस्वीकार गरेको हो । 

डाक्टर गोविन्द केसीको विषयको मुद्दा मिलाउन केसीका वकिललाई धम्की दिएर प्रधानन्यायाधीश पराजुलीबाट अदालतको अवहेलना भएको भन्दै परेको निवदेनमा पराजुलीको कुन कामले अदालतको अवहेलना भयो भन्ने पुष्टि हुने प्रमाण नल्याएको भन्दै सर्वोच्चका सह–रजिष्ट्रार नारायण पन्थीले उक्त निवेदन पहिले नै दरपीठ गरेका थिए । जोशी र केसीको इजलासले पनि सह–रजिष्ट्रार पन्थीकै आदेश सदर गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved