मनाङबाट निर्वाचित दीपक मनाङे पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 19, 2018 | 07:48:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ४ को मनाङबाट निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङे पक्राउ परेका छन। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङेलाई स्वयम्भूको तीनधाराबाट पक्राउ गरेको हो। 

काठमान्डौमा लुकेर बसेको सूचनाको आधारमा खोजतलास गर्दा दिपक मनाङे स्वयम्भुबाट पक्राउ परेका हुन। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखेरलले दिपक मनाङे पक्राउ परेको पुष्टि गरेका छन। 

चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा दीपक मनाङसहितलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। २०६१ सालमा चक्रे मिलनलाई काठमाडौंको बागबजारमा खुकुरी प्रहार गरेको घटनामा सम्मिलित भएको आरोपमा मनाङेलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको हो। 

काठमाडौँ जिल्ला अदालतले ०६१ सालमा मनाङेलाई २ वर्ष जेल सजायको आदेश दिएको थियो। अन्य चार प्रतिवादीले जिल्ला अदालतबाट सफाइ पाए पनि दिपक मनाङेलाई अदालतले ५ वर्ष कैद सजाय हुने आदेश दिएको थियो। यहि मुद्दाका कारण मनाङेले प्रदेश सभा सदस्य पद जिते पनि  शपथ ग्रहण गर्न पाएका छैनन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved