अवरुद्ध विमानस्थल खुल्यो, अन्तराष्ट्रिय उडान सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 20, 2018 | 01:00:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मालिन्डो एयरलाइन्सको विमान उड्न लाग्दा धावनमार्गबाट चिप्लिएपछि बिहिबारदेखी अवरुद्ध बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १३ घण्टापछि सुचारु भएको छ । चिप्लिएको जहाजलाई धावन मार्गबाट तानेर हटाइएपछि बन्द भएको अन्तराष्ट्रिय उडान शुक्रबार मध्यान्हबाट पुनः सुरु भएको हो । 

बिहीबार राति मलेसिया उड्न लागेको उक्त विमान विमानस्थलको धावन मार्गमा चिप्लिएर धसिएको थियो । नेपाली सेना र भारतीय प्राविधिक टोलीले विमानलाई मैदानबाट हटाएका हुन् । 

विमानस्थल अवरुद्ध बनेपछि तीन सयभन्दा बढी अन्तराष्ट्रिय उडान प्रभावित भएको विमानस्थलले जनाएको छ । शुक्रबार बिहान पौने ११ बजे विमानलाई हटाएपछि सबै अन्तराष्ट्रिय तथा आन्तरिक उडान सुरु भएको विमानस्थलले जानकारी दिएको छ । विमानस्थल अवरुद्ध बनेपछि काठमाडौँ आउने विमानलाई अन्यत्रै डाईभर्ट गरिएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved