चीनबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 21, 2018 | 02:28:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नो पाँच दिने भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिवार स्वदेश फर्केका छन् । स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ज्ञवालीले चीनले नेपाल समक्ष त्रिदेशीय अवधारणाको प्रस्ताव राखेको बताए । चीनका विदेशमन्त्री वाङ यीेले त्रिदेशी सम्बन्धबाट नेपालले लाभ उठाउने सक्ने बताएको उनले जानकारी दिए । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको उनले प्रष्ट पारे ।  

मन्त्री ज्ञवालीका अनुसार नेपालले चीनसँग यातायात सञ्जाल, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, अन्तरदेशीय विद्युत् प्रसारण लाइन लगायतलाई उच्च प्राथमिकतामा राखेको छ । भ्रमणमा आफुले केरुङ –काठमाण्डौ, काठमाण्डौ –पोखरा हुदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग चीनले बनाईदेओस् भन्ने प्रस्ताव राखेको पनि सुनाए । उनले रसुवागढी– केरुङ र तातोपानी झाङमु नाकाको स्तरोन्नती र भुकम्प पछि अवरुद्ध बनेको तातोपानी नाका संचालनका विषयमा पनि चिनीया पक्षसँग वार्ता भएको र उक्त नाका छिट्टै संञ्चालनमा आउनेमा आफु विश्वस्त भएको बताए । 

परराष्ट्रमन्त्री ज्ञवाली चीनीया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा ५ दिने चीनको औपचारिक भ्रमणका लागि बैशाख ३ गते चिन गएका थिए ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved