आज (आईतबार) राति उल्का वर्षा हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 22, 2018 | 08:15:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार राति नेपाली आकाशमा उल्का वर्षा देखिने छ । वैैशाख ५ देखि सक्रिय भएको विणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय रहने छ । आइतबार राति १ बजेदेखि सुर्योदय हुँदासम्म उल्का वर्षा भएको देख्न सकिने खगोलविदहरुले बताएका छन् । 

खगोलविद् सुरेश भट्टराईका अनुसार अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिनेछ । थ्याचर पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गरेको हो । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँछ । पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्दा आफ्नो कक्षमा छोड्ने धूलाका कणहरु लाखौँ किलो मिटरसम्म फैलिन सक्छन् ।

यसरी फैलिएका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्दा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा यो भन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने  गरिन्छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved