दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 22, 2018 | 10:20:19 AM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताएका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढी नगरपालिकाअन्तर्गत सानुसिरुवारीस्थित मजुवा बगर ग्रामीण लिफ्ट सौर्य खानेपानी योजनाको उद्घाटन गर्दै उनलेभ्रष्टाचाररहित समाज निर्माण गरी देशमा सुशासन कायम राखिने बताए । 


प्रायः हरेक ठाउँमा सौर्य ऊर्जाबाट लिफ्टिङ गरी सिँचाइ तथा खानेपानी योजना सञ्चालन हुँदै आएकामा त्यस्ता योजनामा प्रयोग हुँदै आएको शक्तिलाई राष्ट्रिय ग्रीडमा जोडेर खेर गएको शक्तिलाई सरकारले खरिद गर्ने उनको भनाइ थियो । कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले दिगो विकास योजनाको खाका तयार गरी सड्क, खानेपानी, शिक्षा तथा विद्युतीकरणको योजनाबद्ध तरिकाले काम अघि बढिरहेको चर्चा गरे । 

यसअघि आजै मन्त्री पुनले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरे । 

सो अवसरमा संघीय संसद्का सदस्य अग्नि सापकोेटा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपराज उपाध्याय तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सहभागिता रहेको थियो । 

सौर्य ऊर्जाको माध्ययमबाट एक हजार ४५२ मिटरको उचाइमा पनी तानेर २२४ धारा वितरण गरिएको छ । सो आयोजना वल्र्ड भिजन इन्टरनेशनल, जनहित ग्रामीण सेवा समितिको रु एक करोड १४ लाख ४९ हजार, बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ४२ लाख ६९ हजार चौतारा सागाचोकगढी नगरपालिका–७ सानुसिरुवारीको रु आठ लाख, जनसहभागितामा रु १२ लाख ६८ हजारसहित कुल रु एक करोड ७७ लाख ८७ हजार ७०८ मा सम्पन्न भएको उपभोक्ता समितिले जानकारी दिएकोछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved