ब्यानरको बिषयले सभागृहमा बबाल, नयाँ बनाएपछि कार्यक्रम सुरु हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 22, 2018 | 12:25:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको संदेश दिन तय भएको कार्यकममा ब्यानरको बिषयलाई लिएर विवाद भएको छ । कार्यक्रम मध्यान्ह १२ बजे सभागृहमा हुने तय भएको थियो 

कार्यक्रमको लागि 'नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस' लेखिएको ब्यानर राखिएको थियो । ब्यानरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेकपाका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको फोटो थियो । 

माओबादी कार्यकर्ताहरुले ब्यानरमा मार्क्स र लेनिनको फोटो पनि हुनु पर्ने माग गर्दै मंच मै गएर हो हल्ला र नाराबाजी गरेका थिए   । त्यस पछि अहिले ब्यानर हटाइएको छ । कार्यकर्ताहरुले ब्यानर बिना कार्यक्रम गर्न नदिने बताएका छन् ।  नयाँ ब्यानर राखेपछि मात्र कार्यक्रम सुरु हुने भएको छ ।

कार्यक्रमलाई ओली र दाहालले सम्वोधन गर्ने कार्यक्रम रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved