विमानस्थलबाट दुई किलो सुनको झोलसहित भारतीय नागरिक पक्राउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 22, 2018 | 05:29:39 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विभिन्न खालका तस्करका शैली अपानाएर सुन तस्कार हुँदै आएको छ । प्रहरीले सुन तस्करीको नयाँ शैली फेला पारेको छ । झोल बनाएर भित्र्याउन लागिएको १ हजार ९ सय ६८ ग्राम सुनको झोल सहित प्रहरीले एक भारतीय नागरिकलाई  पक्राउ गरेको हो । दूबईबाट आएको सुनको झोल सहित पक्राउ परेका उनको नाम भने खुलाइएको छैन ।

‘एउटा केमिकलको प्रयोग गरेर दूबईबाटै जेल बनाएर कम्मरमा बाँधेर बैल्ट जस्तै देखिने गरी ल्याएको अवस्थामा सुन बरामद भएको हो’, विमानस्थल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दले भने, ‘जेल बनाएपछि मेटल डिटेक्टरले पनि थाहा नपाउने भएपछि उनीहरुले यो शैलीको प्रयोग गर्दा रहेछन् ।’ उनका अनुसार शुक्रबार पक्राउ परेका व्यक्तिको मुद्दा बुझाइएको छ ।

यसअघि विमानस्थल प्रहरीले गत २९ चैतमा पनि झोल बनाइएको २ हजार ७ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved