समितिको पैसा आन्दोलनमा प्रयोग गरे कडा कारबाही, सिण्डिकेटको अन्त्यमा सम्झौता नहुने (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 23, 2018 | 10:06:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले यातायात समितिको पैसा व्यवसायीहरुले आन्दोलनमा प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले समितिको पैसा आन्दोलनमा प्रयोग गरे आर्थिक अपराध ऐनअन्तर्गत कारबाही गरिने चेतावनी दिएका हुन। 

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्रि महासेठले व्यवसायीले बैंकबाट समितिको पैसा झिकेर आन्दोलनको लागि परिचालन गर्न खोजेमा  सरकारले संस्थाको पैसा रोक्का गरेर सम्पत्ति शुद्धिकरणमार्फत् छानबिन गरी कारवाही गर्ने बताएका छन। 

मन्त्री महासेठले सरकार सिण्डिकेटको अन्त्य र सवारी दर्ताको सम्बन्धमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन। मन्त्री महासेठले सरकारले गाडी चलाउने नभई व्यवसायीमार्फत नै व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग गर्ने बताए।

‘सरकारले व्यवसाय गर्दैन तर व्यवसायीहरूले सिण्डिकेटको बचाउ गर्दै चक्काजाम गरे वैकल्पिक व्यवस्था गर्न नयाँ गाडी समेत ल्याउन सक्छौँ’ उनले भने।

व्यवसायीहरू सरकारसामू लचिलो भएमा उनीहरूको व्यवसायका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको महासेठले जनाए।‘व्यवसायीहरूका पनि केही समस्या होलान्, समाधान गर्न हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘सरकारले गरेको निर्णयलाई स्वागत गरे राजस्व  तिर्नको लागि उहाँहरूलाई बैंकिङ सिस्टम लगायतका व्यवस्थामा सहयोग गर्छौँ।’

व्यवसायीले अटेर गरेर तोकिएको अवधिभर कम्पनिमा दर्ता नगराए हाल पाएका सुविधाबाट पनि बञ्चित गर्ने मन्त्री महासेठले चेतावनी दिए।मन्त्री महासेठले कम्पनीमार्फत् दर्ता भएपछि सरकारले सार्वजनिक यातायातको स्तरोन्नतिको लागि विशेष मापदण्ड पनि तयार पार्ने जानकारी दिए।

उनले ट्याक्सीमा भएका सिण्डिकेटलाई पनि अन्त्य गर्ने उद्घोष गरे। त्यसका लागि ट्याक्सीहरूलाई कम्पनीमा दर्ता गराई कम्पनीमार्फत् सञ्चालन गर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको उनको भनाइ छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved