बंगलादेशको ढाकाबाट काठमाडौंका लागि छुटे त्रिदेशिय बस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 23, 2018 | 10:46:52 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशको राजधानी ढाकाबाट नेपालका लागि दुईवटा बस छुटेका छन्। सोमबार ढाकाबाट छुटेका यी दुई बस भारतको सिलगुडीहुँदै काठमाडौंसम्म आइपुग्नेछन्।

तीन देशका ८० अधिकारी सवार यी दुई बस शुक्रबार काठमाडौं आइपुग्ने बंगलादेशको पत्रिका 'बंगलादेश इन्फो' ले जनाएको छ। सांकेतिक रुपमा सुरु गरिएको त्रिदेशीय बस सेवालाई भविष्यमा व्यापारिक प्रयोजनलाई फाइदा पुग्नेगरि संचालन गरिने जनाइएको छ।   

सन् २०१५ को जुनमा नेपाल, भारत र बंगलादेशबिच मोटर भेहिकल (एमभिए) सम्झौता भएको थियो। तीन देशलाई सिधा यातायात सञ्जालमार्फत जोड्ने योजनासहित एमभिए सम्झौता भएको थियो।

यसअघि भुटानलाई समेत प्रत्यक्ष यातायात सञ्जालमा जोड्ने भनिएपनि भुटानले इच्छा प्रकट नगरेपछि तीन देशबिच सम्झौता हुन लागेको हो।तीन राष्ट्रबीच नियमित यातायात सेवा सञ्जालमा जोडिँदा यात्रुलाई सहज हुने, पर्यटकको आगमन बढ्ने तथा ढुवानी थप सजिलो हुने अपेक्षा गरिएको छ।

यसै सम्झौता अन्तर्गत दुई बस परिक्षण सवारीका लागि काठमाडौं आउन लागेका हुन्। आउँदो शनिबार तीनै देशका अधिकारीबीच ‘लेटर अफ एक्सचेन्ज’ (एलओइ)मा हस्ताक्षर हुने बताइएको छ।

स्रोत: बंगलादेश इन्फो डटकम

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved