अब सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट, घर मै बसेर कर तिर्न सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 25, 2018 | 12:18:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अबदेखि सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट हुने भएको छ  बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले  सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ गरेका हुन् । यो सेवा बुधबार करदाता सेवा केन्द्र ठमेलबाट आरम्भ गरिएको छ । कार्यक्रममा मन्त्री खतिवडाले  छिट्टै राजस्व संकलनको सबै काम यही प्रणालीबाट सुरु हुने बताए ।

राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी प्रणाली लागू गरिएको हो । अब विद्युतीय बिल भुक्तानी प्रणाली ई–पेमेन्ट सिस्टम कार्यान्वयनमा आएलगत्तै  सेवाग्राहीले घरबाटै सबै किसिमका कर तिर्न सक्नेछन् ।  

उक्त प्रविधि कार्यान्वयनमा आएपछि मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कजस्ता मुख्य करहरु विद्युतीय प्रणालीमार्फत भुक्तानी हुनेछ । यो व्यवस्था लागू भएपछि करदाताले आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सिधै सरकारलाई राजस्व भुक्तानी गर्न सक्ने छन् ।

सरकारले २०७५ सालभित्र देशभरका सम्पूर्ण कार्यालयमा अनलाइन पेमेन्ट सिस्टम विस्तार गरिसक्ने योजना बनाएको छ । साउन महिना देखि देशै भरका राजश्व कार्यालयहरुबाट जतिसुकै रकम पनि विद्युतिय प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन हुने अर्थ मन्त्रालयले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved