नझुक्किनुस् है, यस्तो छ बजारमा आएको नयाँ पाँच सयको नोट

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 25, 2018 | 04:20:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एउटा मात्रै बाघको तस्वीर राखेर छापेको नयाँ पाँच सयको नोट चल्तीमा ल्याएको छ । पहिलेकै आकार र रंगमा एउटा मात्र बाघको फोटो राखेर नयाँ नोट चल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ । 

संकेत नम्वर ङ ४६०००००१ देखि छ ४०९९९९९९ सम्मका नोटहरु चल्तीमा ल्याईएका छन् । नयाँ नोट आजदेखि चल्तीमा आएको भन्दै राष्ट्र बैंकले पहिलेका नोटहरु पनि चलनचल्तीमै रहने जनाएको छ । बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालिगुराँसको पानीछाप, तल्लो भागमा वि.सं. २०७३ अंकित गरिएको छ । भित्र रहेको सुरक्षण धागो सीधा हेर्दा रातो र नोटलाई ढल्काएर हेर्दा हरियो देखिने हुनाले सोही अनुसार सर्वसाधारणले नोट नक्कली हो या सक्कली भनी छुट्याउन सक्नेछन् । 

नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालको हस्ताक्षर छ । यसअघि दुई वटा बाघ अंकित पाँच सयका नोट चल्तीमा थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved