राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 26, 2018 | 04:03:15 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले चार अध्यादेश जारी गरेकी छिन् । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन अध्यादेश), राष्ट्रिय सभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव र सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश जारी भएको आज जारी भएको हो । 

बेपत्ता छानबिन, सत्य निरुपण, तथा मेलमिलाप आयोगको पहिलो संशोधन अध्यादेशसँगै चिकित्सा र राष्ट्रियसभा अध्यादेश प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा समेत जारी भएको थियो । सो सरकारले तीनवटै अध्यादेश संसदमा पेश गरेको भएपनि प्रतिस्थापन विधेयक ल्याउनु अघि नै संसद अधिवेशन अन्त्य भएपछि रोकिएको थियो । वर्तमान सरकारले ती तीनवटै विधेयकलाई निरन्तरता दिएको हो । 

संघीय संसदको महासचिव र सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश भने संसदमा दुई राजनीतिक सचिव नियुक्ति प्रक्रिया अगाडि बढाउन ल्याइएको बताईएको छ । प्रतिनिधि सभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रियसभाको सचिवमा राजेन्द्र फुँयाल यस अघि नै सिफारिस भइसकेका थिए । तर नियुक्तिका लागि आवश्यक कानून नभएको भन्दै राष्ट्रपति भण्डारीले दुवैको नियुक्ति रोकेर राखेकी थिईन् । कानून बनेसँगै दुवैको सिफारिस कार्यान्वयन हुने भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved