संसददेखि जनतासम्म संदेश जानेगरि बजेट ल्याउँछु, अब बिगतमा जस्तो हुँदैन: अर्थमन्त्री खतिवडा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 26, 2018 | 08:56:15 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवनकालमै प्रतिफल नदिने आयोजनामा बजेटको ठुलो हिस्सा खर्च भएको अर्थमन्त्री ड़ा युबराज खतिवडाले बताएका छन। यस अघिको कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारले ल्याएको १२ खर्ब ८९ करोड मध्ये करिब ८ खर्ब जीवनकालमा कहिल साथ नदिने आयोजनामा खर्च भएको अर्थमन्त्री खतिवडाले बताएका छन। 

नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी २०७५-०७६ को पुर्व बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बिगतमा बजेटको ठुलो हिस्सा राज्यलाई काम नलाग्ने क्षेत्रमा खर्च भएको प्रति असन्तुष्टि व्यक्त गरेका छन। 'जीवनकालमा कहिल्यै साथ नदिने आयोजनामा बजेटको ठुलो हिस्सा खर्च भएको छ' उनले भने, 'कति आयोजना बीचमा पुगीसके, कुनै यत्तिकै रोकिएका छन, यस प्रकारका आयोजनामा झन्डै ७-८ खर्ब छुट्याइएको छ।' 

यस अघिका सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै अर्थमन्त्री खतिवडाले आफुले सन्तुलित बजेट ल्याउने स्पष्ट पारेका छन। अबको बन्ने बजेटबारे जानकारी दिंदै अर्थमन्त्री खतिवडाले भने, 'अब बिगतमा जस्तो हुँदैन, यस पटक आउने बजेट आवश्यकताका आधारमा आउनेछ, सन्तुलित हुनेछ।' 

'मैले ल्याउने बजेट ब्यालेन्स, जेन्युन र ट्याक्टफुल हुन्छ' अर्थमन्त्री खतिवडाले आफुले ल्याउने बजेटबारे स्पष्ट पार्दै भने, 'ब्यालेन्स भन्नाले क्षेत्रीय, बर्गीय, जातीय, लैंगिक, पछाडी परेका, अगाडी परेका, गाउँ, शहर सबैलाई सन्तुलितमा ल्याउने किसिमको बजेट हुन्छ, त्यसमानेमा बजेट  सन्तुलित हुन्छ' उनले अगाडी भने, 'दोस्रो, बजेट जेन्युन अंकको आधारमा आउंछ,  रुपमा कुक गरिएका डाटा राखेर म बजेट पेश गर्दिन, त्यसैले बजेट जेन्युन हुन्छ' उनले थपे 'संघ, प्रदेश र स्थानीय तहको बजेट बनाउनुपर्ने भएकाले संसददेखि जनतासम्म बजेटको संदेश जानेगरि बजेट ट्याक्टफुल हुन्छ।' 

बजेट राजनीतिक दस्तावेज समेत भएकाले अबको बजेटमा असम्भव त्रिकोण नहुने अर्थमन्त्री खतिवडाले बताएका छन। ऋणको भार पनि नबोकौं  बिदेशी सहायतामा पनि निर्भर नहोउ, करपनि नउठाउं, बजेट पनि जेन्युन बनाउ भन्ने सम्भव नभएको बताउदै अर्थमन्त्री खतिवडाले सबैलाई सम्बोधन हुने बजेटको आकार ठुलो बनाउन कसैले नै कसैले हिरा फोड्नै पर्ने बिचार व्यक्त गरेका छन। 

यसका लागि राजश्वको दायरा बढाउने, सबैलाई करको दायरामा ल्याउने, राम्रो कामका लागि बिदेशी सहायता लिने लगायतका बिषयलाई समेटेर धान्न सक्ने गरि बजेट ल्याउने अर्थमन्त्री खतिवडाले बताए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved