यस्ता छन् शुक्रबारको मन्त्रिपरिषद बैठकका ३ निर्णय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 27, 2018 | 11:38:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकाले आगमी बैशाख २३ गते संघीय संसदको बैठक आहृवान गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष २३ गते अपराहृन ४ बजे बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो  । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान गर्ने संबैधानिक ब्यबस्था छ । 

 त्यस्तै बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ ।

बैठकले वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने र आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved