घरजग्गा खरिदबिक्रि गर्ने सोचमा हुनुहुन्छ? युवा उद्यमीको ई प्रपर्टी नेपाल बन्नसक्छ उत्तम बिकल्प

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 27, 2018 | 04:46:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा घर जग्गा कारोबारको व्यबसाय बढ्दो छ । घर जग्गा कारोबार सम्बन्धि कार्य गर्नको लागि कम्पनी रजिस्ट्रार कार्यालयमा कैयौ कम्पनीहरु दर्ता भएका छन् । कम्पनी अन्तर्गत दर्ता नभई चिनजानको आधारमा मध्यस्थकर्ताको भूमिका निभाएर घर जग्गा खरिद गर्नेको जमात पनि ठुलो छ । उपत्यकामा नै  घर जग्गाको अधिकांश कारोबार हुने गरेको छ । तर देश संघियतामा गएसंगै प्रदेश मुकाम र उपत्यकाका बाहिरका मुख्य शहरहरु पनि यो व्यवसाय फस्टाउदो छ ।

२४ बर्षिय सन्दिप अधिकारी र २९ बर्षिय बसन्त दाहाल पनि यहि व्यवसायमा अवसर देखेर २ बर्ष देखि लागि परेका छन् । संखुवासभाबाट काठमाडौँ छिरेका यी दुई युवाले ई प्रपर्टी सर्भिस नेपाल अन्तर्गत रहेर  ई प्रपर्टी नेपाल डट कम मार्फत व्यवसाय संचालन गरिरहेका छन्। युवा जोश बोकेर उद्यमी बनेका यिनीहरुले प्रविधि र डिजिटल मार्केटिङको भरपुर् उपयोग गरेका छन् ।

उनीहरुले आफ्नो कम्पनी मार्फत घर जग्गा खरिद बिक्रिको सेवा मात्र नभई ब्यापार ब्यवसायको लागि आवश्यक पर्ने फल्याट, अपार्टमेन्टको खरिद बिक्रिको सेवा पनि दिएका छन् । यति मात्र होइन चल्दै गरेको पसल, रेस्टुरेन्ट लगायतको ब्यवसायको बिक्रि पनि उनीहरुले गर्ने गरेका छन् ।

सुरुमा आफुले बेच्न चाहेको घर वा जग्गा ई प्रपर्टी नेपाल डट कम गएर लिस्टिंङ गर्नु पर्छ । यसको लागि कम्पनीका स्टाफहरु बिक्रि गर्नु परेको घर वा जग्गामा पुग्छन । त्यसको फोटो लिन्छन् । त्यसको मूल्य आपसी समझदारीमा तोक्छन र वेबसाइट बिक्रिको लागि भनेर राख्छन । बिक्रेताले वेबसाइटमा गएर युजर नेम र पासवर्ड बनाए आफै मूल्य तोकेर आफुले नै आफ्नो घर जग्गा बिक्रिमा अर्थात लिस्टीङमा राख्न सक्छन । 

कम्पनीले बिक्रेतालाई कमिशनमा आधारित सेवा लिने कि सेवा शुल्कमा आधारित सेवा लिने भनेर पहिले नै दुईवटा बिकल्प दिई सम्झौता गर्छ  । कमिशनमा जाँदा कम्पनीले घर जग्गा बिक्रि भईसके पश्चात ०.५ प्रतिशत देखि ५ प्रतिशतसम्म कमिशन लिने गरेको छ  । यदि केहि कारणबश कमिशनमा जाने बिक्रेताको जग्गा बिक्रि भएन भने कम्पनीले ति बिक्रेताबाट केहि शुल्क लिदैंन   

सेवा शुल्कमा जाँदा भने बिक्रेताले ३ वटा बिकल्प मध्ये बाट १ छान्नु पर्ने छ  । सेवा शुल्क अन्तर्गत कम्पनीले ५ हजार , ८ हजार र १२ हजारको प्याकेज ल्याएको छ  । ५ हजारको प्याकेजमा घर जग्गा बिक्रि नहुँदासम्म कम्पनीले आफ्नो वेबसाइटको साथै सामाजिक संजालबाट त्यसको बिज्ञापन गरिरहन्छ  । ८ हजारको प्याकेजमा ५ हजारको प्याकेजमा पाइने सुबिधाको साथै आफ्नो डाटाबेसबाट सम्भावित बिक्रेताको सुची छनौट गरी उनीहरुको माझ बिज्ञापन गर्छ  । १२ हजारको प्याकेजमा भने ५ हजार र ८ हजारको प्याकेजमा पाइने सुबिधाको साथै ४  दिनसम्म वेबसाइटको कभर फोटो मार्फत बिज्ञापन गरिन्छ   

घर जग्गा खरिद गर्न चाहनेले पनि बिक्रेता कै अनुसार कमिशन कमिशनमा आधारित सेवा लिने कि सेवा शुल्कमा आधारित सेवा लिने भन्ने पहिले टुंगो लगाउनु पर्छ । कम्पनीले खरिदकर्तालाई आफै बिभिन्न स्थानको घर जग्गा हेर्न लैजान्छन् । तर अहिले खरिद गर्नेको भन्दा बिक्रि गर्ने सेवाग्राहीहरु आफ्नो कम्पनीमा बढी आउने गरेको कम्पनीका म्यानेजर सन्दिप बताउछन् । साथै उनी जग्गा किनबेच भईसकेपछि कम्पनी कै मानिसले मालपोत कार्यलयमा गएर घरजग्गा पास गर्ने प्रक्रियामा सहयोग गरिदिन्छन । 

कम्पनीका सीईओ बसन्त दाहाल आफुहरुले खरिदकर्ता र बिक्रेताबीचको पुलको काम गरे पनि दुवैबाट कमिशन वा दुवैबाट सेवा शुल्क नलिने बताउछन् ।  उनी भन्छन् 'हामी खरिदकर्ता र बिक्रेताको प्रत्यक्ष भेट गराईदिन्छौ, सबै कुरा पारदर्शी नै हुन्छ, हामीले लिने कमिशन वा सेवा शुल्क उनीहरु दुईबीचको आपसी समझदारी मै तय हुन्छ' । अर्थात कम्पनीले समझदारीमा बिक्रेतासंग मात्रै वा खरिदकर्तासंग मात्रै वा दुवैबाट आधा आधा कमिशन लिन्छन् । 

हाल कम्पनीले उपत्यका बाहेक चितवन, कास्की, काभ्रे, झापा, सुनसरी, नवलपरासी, रुपन्देही, मकवानपुर, कंचनपुर, तनहु, कपिलवस्तु, इलम, धादिंग, मोरङ, नुवाकोट, सल्यान, सिन्धुली, उदयपुर, बाँके, दाङ, कैलाली, बारा लगायतका जिल्लाको लिस्टीङ गरेको छ । कम्पनीले अबको दिनमा शाखा विस्तारलाई तिब्रता दिएर हरेक प्रदेशमा शाखा विस्तार गर्ने र सम्बन्धित प्रदेशको कारोबार प्रदेश शाखाले हेर्ने गरी काम अगाडि बढाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved