हवाई यात्रुको बिमा ६ गुणाले बढ्ने, ‘मन्ट्रेयल कन्भेन्सन’ कार्यान्वयनको तयारि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 29, 2018 | 09:32:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हवाई यात्रुको विमा बढाउने तयारि थालेको छ। हाल कायम हवाई यात्रुको प्रतिव्यक्ति २० हजार अर्थात २० लाखको विमा रकमलाई बढाउनका लागि ‘मन्ट्रेयल कन्भेन्सन’लाई अनुमोदन गर्न संसदमा पठाईने भएको छ।

नेपालले सन १९५५ को हेग प्रोटोकल कार्यान्वयनमा राखेकाले पीडित परिवारलाई झन पीडा दिने काम भइरहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारिले अब बस्ने संसदमै यो विषयको अनुमोदन हुने दाबी गरेका छन।

'हाम्राे ढिलासुस्तीले अनुमोदन नहुँदा पीडित परिवारलाई झन पीडा दिने काम भइरहेको छ, यो बिषय तत्काल संसदमा टेबुल हुनेछ, अनुमोदन पनि हुनेछ' वर्तमान सरकार गठन भएको १०० दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको प्रगति समिक्षा कार्यक्रममा बोल्दै मन्त्री अधिकारिले भने। 

ठूला देशहरुले वार्सा कन्भेन्सनलाई कार्यान्वयनमा ल्याइसकेका छन। तर नेपालले भने नेपालले सन १९५५ को हेग प्रोटोकल कार्यान्वयनमा राखेकाले हवाई यात्रु बिमाको रकम २० लाखमै सिमित छ। जस कारण पिडित परिवार अन्तराष्ट्रिय अभ्यास अनुसारको क्षतिपूर्ति पाउनबाट बन्चित भएका छन। १९५५ को हेग प्रोटोकल कायम हुँदा नेपालमा ६० वर्षदेखि एउटै बिमा रकम कायम हुँदै आएको छ।  

संसदबाट अनुमोदन भई वार्सा कन्भेन्सनलाई कार्यान्वयन आएमा पिडितले कम्तिमा बिमा रकम १ लाख १२ हजार १ सय डलर पुनर्बिमा कम्पनीबाट क्षतिपूर्ति पाउनेछन्।       

 


   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved