नेपाली व्यबसायीले ब्राजिलका व्यवसायीहरुलाई भने : नेपालमा लगानी गनुहोस्

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 30, 2018 | 03:28:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ब्राजिल चेम्बर अफ कमर्श एण्ड इण्ड्रटिज र ब्राजिल नेशनल कन्फोडेरेसन अफ ईण्डट्रिज सिएनआईबीच दुई देशीय लगानी प्रबद्र्धनका विषयमा छलफल भएको छ । कार्यक्रममा नेपालका तर्फबाट ब्रजिलका लागि नेपाली राजदुत तारा प्रसाद पोखरेलले नेपाल र ब्राजिलबीच जोडिएको आर्थिक सम्बन्धका कारण दुई देशीय व्यापार अभिवृद्धिमा धेरै सफलता मिलेको बताए । 

नेपाल ब्राजिल चेम्बर अफ कमर्शका अध्यक्ष अखिल कुमार चापागाईले अहिले नेपालमा लगानीको उपयुक्त बाताबरण रहेको बताए । उनले नेपालको जलस्रोत, कृषि र पर्यटनमा प्रशस्त सम्भावना रहेकाले ब्रासजिलका लागनी कर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । ब्राजिलियन नेशनल कन्फेडेरेशन अफ इण्ड्रष्टिज सिएनआईका निर्देशक क्यारियोस एडुआर्डाे अभिजाओदीले नेपाल र ब्राजिलबीचको कुटनितिक र आर्थिक दुवै सम्बन्धलाई अझै कसिलो बनाउदै लैजानुपर्ने बताए । विश्व अर्थतन्त्रमा राम्रो पकड राख्न सफल र दक्षिण अमेरिकाको शक्तिकेन्द्रको रुपमा रहेको ब्राजिलसँग नेपाली पक्षले उद्यमशिलतामा सहकार्य गर्न चाहेको बताएको छ । 

ब्राजिल इन्टरनेशनल मेसिनरी एण्ड इक्युपमेन्ट प्रदर्शनी २०१८ मा सहभागी हुन नेपाली उद्योगी÷ व्यवसायीको प्रतिनिधि मण्डल ब्राजिल पुगेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved