विराटनगर जुट मिल पुन सञ्चालनको तयारी, महानगरले सहयोग गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 01, 2018 | 05:35:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ । जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै मिल सञ्चालन गर्न माग गरेको हो । 

प्रमुख पराजुलीले ज्ञापनपत्र बुझदै स्व राजनेताहरु गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनीतिक यात्रा शुभारम्भ भएको ऐतिहासिक विराटनगर जुट मिल सञ्चालनका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए । विसं २००३ साल र २००७ सालमा जुट मिलमा भएको आन्दोलनका कारण नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएको थियो । 

नेपालको मजदुर आन्दोलनसँगै प्रजातान्त्रिक आन्दोलनको शुुरुवात भएको जेठो उद्योग विराटनगर जुट मिल सञ्चालनका लागि सरकारले सञ्चालक समितिसमेत नियुक्ति गरेको छ । समिति निर्माण भए पनि जुुटमिल पाँचदेखि छ महिनामात्र चल्ने र त्यसपछि बन्द हुने गरेको छ । 

जुट मिलको करिब रु पाँच अर्बभन्दा बढीको चल अचल सम्पत्ति रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved