३३ किलो सुन प्रकरण : एसएसपी लोहनी पनि प्रहरी हिरासतमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 02, 2018 | 02:35:06 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई प्रहरीले हिरासतमा लिएको छ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा बयान दिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका एसएसपी लोहनीलाई बुधबार प्रहरीले हिरासतमा लिएको हो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले यसअघि सुन तस्करी र शाक्य हत्या अनुसन्धानमा लोहनीको भूमिका शंकास्पद रहेको भन्दै उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउन निर्देशन दिउको थियो । त्यसलगत्तै उनलाई अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय तानिएको थियो ।

समितिले उनलाई बयानका लागि विराटनगर बोलाएको थियो । बयान दिन पुगेका लोहनीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ पुर्जी थमाएको हो । सुन प्रकरणमा पक्राउ पर्ने लोहनी सातौं प्रहरी अधिकारी हुन् । पूर्व्डिआइजी गोविन्द निरौला सहित ६ प्रहरी अधिकारी पनि हिरासतमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved