फेरी बढ्यो इन्धनको मूल्य, डिजेल र पेट्रोल ३ बर्ष यता कै महँगो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 02, 2018 | 07:44:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आज बुधबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा ३/३ रुपैयाँ बृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको प्रतिलिटर १०८ र डिजेल/मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ। यो मूल्य ३ बर्ष यता कै उच्च हो । 

 निगमले खाना पकाउने ग्यासको भाउ भने यथावत भएको जनाएको छ।

पछिल्लो समय २०७१ चैत्र १९ गते पेट्रोलको मूल्य १०९ पुगेको थियो भने २०७१ पुस १८ गते डिजेलको मूल्य ९० रुपैया पुगेको थियो । त्यस पछि पेट्रोलको मूल्य १०८ र डिजेलको मूल्य ९० रुपैया पुगेको यो नै पहिलो पटक हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved