शुक्रबार देशभरका यातायात ठप्प पार्दै व्यवसायी, आजैदेखि काउन्टर बन्द

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 03, 2018 | 11:35:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको निर्णय बिरुद्द आन्दोलनमा उत्रेका यातायात ब्यवसायीले आज देखि नै देशभरका लामो दुरीका यातयात ठप्प पारेका छन् । राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले आज रात्रीकालिन यातायात ठप्प पारेका हुन् । आज देशभर समितिमार्फत चल्ने गाडीका काउन्टरहरू बन्द भएका छन्। 

महासंघका महासचिव सरोज सिटौलाका आन्दोलनको नियमित कार्यक्रम अन्तर्गत नै भोली शुक्रबार देशभरका यातायात बन्द गर्ने निर्णय भएको हो  । उनले भने 'भोली देशभरका यातायात ग्यारेज वा घरमा लगेर थन्क्याउने छौ, कुनै पनि रुटमा कुनै पनि गाडी चल्दैन' । आज रातीदेखि नै यातायात बन्द हुने भएकोले लामोदुरीका रात्रीकालिन बसहरु भने आज देखि नै चलेका छैनन्  ।   

सिण्डिकेट तोड्ने सरकारी नियमका विरुद्ध व्यबसायीहरु आन्दोलनमा उत्रेका हुन् । सरकारले सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका निर्णय गरेपछि ति निर्णय खारेजीको माग गर्दै व्यवसायीहरू आन्दोलनमा छन्। सरकारले ल्याएको नीति हेरफेर नभएसम्म आन्दोलन जारी राख्ने महासंघले जनाएको छ।

महासंघका महासचिव सिटौलाले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने पनि बताएका छन्। उनले भने 'हामीले हाम्रो गाडी मात्र ग्यारेजमा राख्ने हो, सडकमा चल्ने अन्य गाडीलाई हाम्रो अवरोध हुदैन, हाम्रो आन्दोलन शान्तिपूर्ण हो, तोडफोड गर्दैनौ, कसैले गरे हामी आफै कारबाही गर्छौ' ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved