सुन प्रकरणका अभियुक्तको बयान सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2018 | 12:16:29 PM मा प्रकाशित

laxmi  sunrise bank

साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका अभियुक्तको बयान सुरु भएको छ । जिल्ला अदालत, मोरङस्थित जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको इजलास नं. ६ मा उनीहरुको बयान लिन थालिएको हो । 

नियन्त्रणमा रहेका प्रहरी अधिकारीहरु मध्ये सई बालकृष्ण सञ्जेल र एयरलान्सका कर्मचरी मध्ये राजु महर्जनलाई समेत कर्तव्य ज्यानको मुद्दा लगाइएको छ । यसअघि हिजो बुधबार ७ प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध संगठित अपराध, सुन तस्करी र कर्तव्य ज्यानमा मुद्दा दायर गरिएको थियो । प्रतिवादी मध्ये २९ जना पक्राउ परेका छन् भने तस्करका मुख्य नाइके मोरङ उर्लाबारीका ‘गोल्ड डन’ ‘गोरे’ अर्थात् चुडामणि उप्रेती, एसएसपी श्याम खत्रीसहित ३४ जना अझै फरार छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved